Websoft University

निःशुल्क सामूहिक यज्ञोपवित (उपनयन) संस्कार भव्यताका साथ सम्पन्न


विराटनगर । रातो तारा डट कम, मैथिल ब्राह्मण महासभा,युवा कार्यसमिति मोरङले आयोजना गरेको सामुहिक उपनयन (ब्रतबन्ध) भव्याताका साथ सम्पन्न भएको छ ।


मोरङ जिल्लाको कटहरी गाउँपालिक स्थित गोपल फन पार्कमा आयोजना गरिएको उक्त धार्मिक यज्ञोपवीत कार्यक्रममा नेपाल र भारतबाट गरि करिब ५५ जना बटुकको सहभागिता रहेको थियो । एकलरुपमा उपनयनगर्दा खर्चिलो हुने भएकाले संस्कृति अनुसार मितब्ययिरुपमा सामुहिक उपनयन आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।


युवा समितिद्वारा आयोजना गरिएको सामुहिक उपनयन प्रदेश एकमै पहिलोपटक भएको आयोजक संस्थाका अध्यक्ष मनोजकुमार मिश्रले जानकारी दिए । निशुल्क सामुहिक ब्रतबन्धमा १ सय १ बरुवा (बटुक) लाई सहभागि गराउनेगरि तयारी गरिएको भएता पनि कोभिड १९ लाई मध्यनजर गर्दै संस्थाले ५५ जनाको सामुहिक उपनयन गरेको उनले बताए । सामुहिक उपनयनमा प्रदेश एकका विभिन्न जिल्ला सहित सातवटै प्रदेशका र भारतीय सिमाबर्ती बिभिन्न राज्यका बटुकहरुको समेत सहभागिता रहेको आयोजक संस्थाका सचिव सुरज मिश्रले जानकारी दिए ।

सामुहिक ब्रतबन्धमा सहभागि भएका बटुक परिवारका १० जना सम्मलाई निशुल्क बस्न र खानको ब्यवस्थापन समेत समितिले नै गरेको जनाइएको छ । ब्यक्तीगतरुपमा ब्रतबन्धगर्दा बढी समय र खर्चपनि लाग्ने भएकाले सामुहिक ब्रतबन्धको अवधारणा ल्याइएको मैथिल ब्राह्मण महासभाका केन्द्रिय अध्यक्ष भगवान झाले बताए । उनले सामुहिक ब्रतबन्धबाट समाजमा सामुहिकताको बिकास हुने विश्वास समेत लिएको जिकिर गरे ।

भब्यरुपमा सम्पन्न भएको सामुहिक उपनयनमा समाजका विभिन्न तह र तप्काका व्यक्तिहरुले सहभागिता जनाएका    थिए ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.