Websoft University

लाटीझोडा साझेदारी वन व्यवस्थापन समूहले गर्यो सातौं बार्षिक साधारण सभा!


 शिव भट्टराई, मोरङ। रातो तारा डट कम,मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ६ स्थित लाटीझोडा साझेदारी वन व्यवस्थापन समूहको सातौं बार्षिक साधारण सभा सम्पन्न भएको छ। शनिबार लाटीझोडा साझेदारी वन व्यवस्थापन समूहको सभाहलमा सम्पन्न भएको सो कार्यक्रममा सुन्दरहरैंचा वार्ड नं ६ का वडाध्यक्ष जिवन राईको प्रमुख आतिथ्यता रहेको थियो भने संस्थाका अध्यक्ष रुद्र प्रसाद पोख्रेलको सभापतित्व रहेको थियो।


सोही कार्यक्रममा बोल्दै प्रमुख अतिथि राईले हामीले भएको वनलाई बचाएर व्यवस्थित बनाएर सन्ततिहरुलाई हस्तान्तरण गर्नु पर्ने बताएका छन्।त्यसैगरी उनले बनको सुरक्षा र संरक्षण गरेर न्यायुचित ढंगले वितरण गर्नुपर्नेमा जोड दिँदै संस्थाको प्रगतिको शुभकामना दिएका थिए। उक्त कार्यक्रममा संस्थाको समितिका सदस्यले लाल बहादुर बस्नेतले स्वागत मन्तव्य राखेका थिए।


त्यसैगरी कार्यक्रममा विशिष्ट अतिथि साझेदारी वन महासंघकी केन्द्रीय कोषाध्यक्ष निरा पोख्रेल, हरियाली सामुदायिक वन उपभोक्ता समितीका प्रतिनिधि महेश राई,आहाले सामुदायिक वन उपभोक्ता समितीका प्रतिनिधि यम कुमार तामाङ लगायत जनप्रतिनिधि, समाजसेवी साथै अन्य विशिष्ठ व्यक्तिहरूको उपस्थिति रहेको थियो। 

साधारण सभाको अवसर पारेर कार्यक्रममा वन हेरालु योगेन्द्र चापागाईं, कृष्ण बहादुर घिमिरेलाई सम्मान गरिएको थियो। 

पुनरुत्पादन कटान क्षेत्रमा चेकजाँच ,वन क्षेत्रमा अनुगमन तथा निरीक्षण साथै वन संरक्षण तथा पुनरुत्पादन प्रवर्धनका लागि विभिन्न कार्य गर्दै आइरहेको यस संस्थाले आगामी दिनहरूमा अझै यस्ता कार्यहरूलाई निरन्तरता दिने संस्थाका अध्यक्ष रुद्र प्रसाद पोख्रेलले बताएका छन् भने सोकार्यक्रम कार्यन्वयन इकाई सदस्य आनन्द लिंखाले सञ्चालन गरेकी थिईन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.