Websoft University

नेकपा एस बराहक्षेत्र चारमा मानपुर अध्यक्षमा चयन


सुनसरी । रातो तारा डट कम,सुनसरीको बराहक्षेत्र नगरपालिका ४ नम्बर वडाको नेकपा एकिकृत समाजवादीका अध्यक्षमा मानपुर चौधरी चयन भएका छन ।


नेकपा एस बराहक्षेत्र नगरकमिटीको आयोजनामा भएको वडा भेलाले मानपुर चौधरीको अध्यक्षतामा ५१ सदस्य वडा कमिटी गठन गरेको हो ।

कमिटीको उपाध्यक्षमा तुलाराम चौधरी, सचिवमा भिष्मकुमार विष्टसहित संगिता राजधामी, भजनलाल चौधरी, सत्रुधन साह, दिपक राजधामी, छत्रबहादुर कार्की, कुलदिप चौधरी, सियाराम साह, बलदेव ठाकुरलगायत रहेका छन ।

वडाकमिटीका पदाधिकारी तथा सदस्यहरुलाई नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य तथा सुनसरी सह–इन्चार्ज केशव तिम्सीनाले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो ।

कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य तिम्सीनाले नेकपा एस कम्युनिष्ट आन्दोलनका उपलब्धीको रक्षा गर्दै जनताका अधिकारलाई सुनिश्चीत गर्न केपि ओली प्रवृतिका विरुद्ध खडा भएको राजनितिक दल भएकाले नेकपा एस कम्युनिष्ट आन्दोलनको मुलधार भएको बताउनु भयो ।

केन्द्रिय सदस्य तिम्सीनाले नेकपा एमाले कम्युनिष्टका नाममा जनतालाई भ्रममा राखेर दक्षिणपन्थीहरुको सेवामा सक्रिय निजी कम्पनी भएकाले एमालेबाट विद्रोह गरि नेकपामा समाहित हुनेहरुको सख्याँ बढदै गएकाले आगामी दिनमा हुने निर्वाचनपछि केपी ओलीको एमाले नाम गरेको कम्पनी बन्द हुने ठोकुवा गर्नु भयो ।

कार्यक्रममा नेकपा एसका प्रदेश सदस्यहरु लक्ष्मण चौधरी, दुर्गा कन्दवा, परमानन्द पौडेल, जिल्ला उपाध्यक्ष सिताराम पराजुली, जिल्ला सदस्यहरु गुरुप्रसाद अधिकारी सोम राई, कल्पना पोखरेल, मोहन श्रेष्ठ, नगर अध्यक्ष चन्द्र थापा, सचिव पुष्प राजधामी, विद्यार्थी नेताहरु शिशिर भारद्धाज, प्रजिन आचार्यलगायतको सहभागीता रहेको थियो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.