Websoft University

अहिले देशभर कोरोना संक्रमण बढ्न थाले पछि सैवा प्रवाहमा समस्य हुदै,


काठमाण्डौ माघ ८ गते । रातो तारा डट कम, अहिले नेपालमा दैनिक १० हजार नागरिकहरूमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भइरहेको छ । कोरोना परीक्षण नगरेका र रुघाखोकीका लक्षण देखिएका नागरिकको सङ्ख्या धेरै संख्यमा बढीरहेका पाइएको छ । सर्वसाधारण नागरिक, नीजि तथा सरकारी कार्यालयका कर्मचारी, नेताहरू, सरोकारवाला सबैलाई कोरोनाको सङ्क्रमण देखिँदा केन्द्र देखि जिल्ला सम्मका कार्यालयको कामकाज अहिले प्रभावित हुन थालेकोपाइन्छ । हिजो देशभर १० हजार ७ सय ३ जनामा सङ्क्रमण पुष्टि भएको छ भने ३ जनाको मृत्यु भएको थियो । अहिले देशभर नेपाल प्रहरीका झण्डै एक हजार, सशस्त्र प्रहरीका २ सय २६ र नेपाली सेनाका ३ सय १३ जना सङ्क्रमित भएका छन् । जिल्ला प्रशासन कार्यालयका कर्मचारीदेखि अदालत सम्मका कर्मचारीमा कोरोनाको संक्रमण बढी देखिन थाले पछि सेवा प्रवाहमा कटौती हुन थाल्दा समस्या भएको हो ।    


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.