Websoft University

मनाङ मस्र्याङ्दी र त्रिभुवन आर्मी क्लबबीच पोखरामा दोस्रो सेमिफाइनल खेल हुने


काठमाण्डौ माघ १३ गते । रातो तारा डट कम, आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आज मनाङ मस्र्याङ्दी र त्रिभुवन आर्मी क्लबबीच दोस्रो सेमिफाइनल खेल हुँदैछ । खेल दिउँसो साढे २ बजे पोखरा रंगशालामा हुनेछ । आजको विजेताले उपाधिका लागि सशस्त्र प्रहरीको एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । हिजो भएको पहिलो सेमिफाइनलमा मछिन्द्र फुटबल क्लबलाई ३–१ गोल अन्तरले हराउँदै एपीएफ फाइनल पुगिसकेको छ । फाइनल खेल पर्सि हुनेछ । प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्नेछन् । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.