Websoft University

राष्ट्रिय सभा सदस्यको निर्वाचन सातै प्रदेशमा भोलि बिहान ९ बजे देखि सुरु हुने


काठमाण्डौ माघ ११ गते । रातो तारा डट कम, भोलि हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनको तयारी पूरा भएको जनाएको छ । निर्वाचन आयोगले दिएको जानकारी अनुसार बिहान ९ बजेबाट सातवटै प्रदेशमा मतादन हुने भएकाले आवश्यक सबै तयारी भइ मतपत्र पठाउने काम पनि पूरा भइसकेको छ । आवश्यक पर्ने भन्दा १० प्रतिशत मतपत्र बढी पठाइएको पनि आयोग जनाएको छ ।

राष्ट्रिय सभामा रिक्त १९ पदका लागि बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुने छ । मतदानका लागि जिल्ला–जिल्लाबाट मतदाताहरू सम्बन्धित मतदान केन्द्रमा आउने क्रमसमेत जारी रहेको छ । आयोगले मतदानका लागि आठवटा मतदानस्थल र १४ वटा मतदान केन्द्र तोकेको छ । 

प्रत्येक मतदान केन्द्रमा निर्वाचन अधिकृतसहित अधिकतम १० जना कर्मचारी परिचालन हुने बताइएको छ । सातवटा प्रदेशमा कुल २ हजार २५ जना मतदाता छन् । निर्वाचनमा ५ सय ३२ प्रदेश सभा सदस्य र १ हजार ४ सय ९३ स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् । 

प्रदेश १ को विराटनगरमा मतदान हुनेछ भने मधेस प्रदेशको राजधानी जनकपुरधाममा मतदान हुनेछ । बागमती प्रदेशको राष्ट्रिय सभा सदस्यको मतदान हेटौँडामा हुनेछ । यहाँ दुईवटा मतदान केन्द्र बनाइएको छ । भोलि हुने निर्वाचनका लागि सुरक्षा र स्वास्थ्य सुरक्षाको तयारी पनि पूरा भएको जनाएको छ । भोलिको चुनावमा कोरोना सङ्क्रमितका लागि पनि मतदान गर्ने व्यवस्था आयोग नाइएको छ ।


 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.