Websoft University

राष्ट्रिय युवासंघ मोरङद्वारा विभिन्न ४ सूत्रीय माग राख्दै प्रधानमन्त्रीको ध्यानाकर्षण!


शिव भट्टराई,मोरङ । रातो तारा डट कम,राष्ट्रिय युवासंघ नेपाल मोरङले विभिन्न ४ सूत्रीय माग राख्दै मोरङका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री शेरबहादुर देवालाई ज्ञापन–पत्र बुझाएको छ । आज राष्ट्रिय युवा संघ नेपाल मोरङका संयोजक मनोज राईको नेतृत्वमा विराटनगरस्थित जिल्ला प्रशासन कार्यालय मोरङमा पुगेर टोलीले प्रमुख जिल्ला अधिकारी काँशीराज दाहालमार्फत प्रधानमन्त्रीलाई विभिन्न विषयमा ध्यानाकर्षण गराउँदै ज्ञापन–पत्र बुझाएको हो । 
ज्ञापनपत्रमा नेपाली भूमि लिपुलेकमा भारतले सडक निर्माण गर्दा समेत वर्तमान सरकारले कुनै प्रतिकृया नदेखाएको भन्दै खेद प्रकट गरिएको छ । उक्त क्षेत्रमा सडक निर्माण गर्न तत्काल रोक लागइ भारतीय सेना र कर्मचारी फिर्ता पठाउनु पर्ने राष्ट्रिय युवा संघको माग छ । यस्तै पेट्रोलिय पदार्थ लगायत दैनिक उपभोग्य सामाग्रीमा भएको मूल्यवृद्धि फिर्त लिन समेत ज्ञापनपत्रमा माग गरिएको छ । यसैगरि नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले रौतहटको गौरमा आयोजित कार्यक्रममा नागरिकको ज्यान मार्ने धम्कीपूर्ण अभिव्यक्ति दिएर हिंसा भड्काउ खोजेको भन्दै राष्ट्रिय युवा संघले आफ्नो संगठनको ध्यानाकर्षण भएको जनाउँदै मन्त्री यादवलाई तत्काल वर्खास्त गर्न माग गरिएको छ । 

यसैगरि वर्तमान सरकारले संविधानको भावना विपरित स्थानीय तहको निर्वाचन सार्ने बहानाबाजी गरिरहेको भन्दै तत्काल संविधान बमोजिमको मितिमा निर्वाचन घोषणा गर्न पनि माग गरिएको छ । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारीले राष्ट्रियता र समसामयिक विषयमा ज्ञापनपत्र प्राप्त भएकाले तत्काल प्रधानमन्त्री समक्ष पुर्याउने प्रतिवद्धता जनाउनुभयो । उहाँले कोरोनाको जोखिमको समय रहेकाले त्यसलाई मध्यनजर गरेर मात्रै विरोधका कार्यक्रम गर्न समेत आग्रह गर्नुभयो । 

ज्ञापन पत्र बुझाउने क्रममा राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सदस्य सुमन मिरिङचिङ, मनिश श्रेष्ठ, पूर्व कोषाध्यक्ष मुकेश बुढाथोकी, जिल्ला कमिटी सदस्य प्रविण घिमिरे, लक्ष्मण बुढाथोकी, विराटनगर अध्यक्ष किरण लामा, सुन्दरहरैंचा अध्यक्ष जयप्रकाश रायमाझी, रंगेली अध्यक्ष बमलाल खवास लगायतको समेतउपस्थिति रहेकोथियो । सरकारको लाचारीपन तथा गैरजिम्मेवार कार्यको विरुद्धमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएर आन्दोलन सुरुवात गरिएकोमा माग सुनुवाइ नभए थप चरणबद्ध आन्दोलन गरिने संयोजक मनोज राईले बताउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.