Websoft University

हिसान क्रिकेटको उपाधि कोशी क्याम्पसलाई


विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान ) मोरङले आयोजना गरेको हिसान क्रिकेटको उपाधि कोशी क्याम्पस जितेको छ । 

विराटनगर–१९ मा रहेको वैजनाथ क्रिकेट मैदनामा आज शुक्रबार भएको फाइनल खेलमालाई अरनिको कलेजलाई ८ विकेटले पराजित गरि कोशी उपाधि जितेको हो । 

टस जितेर पहिले ब्याटिङ गरेको अरनिकोले निर्धारित २० ओभरमा सवै विकेट गुमाई १ सय २ रनको स्कोर खडा गरेको थियो । अरनिकोका अंकित मण्डलले १८ रन बनाउँदा दिप स्वर्णकारले १५ रन  र सुमन मण्डलले १४ रनको योगदान दिएका थिए । कोशीका रञ्जन कामतले २ लिँदा अमित रोयले पनि २ विकेट लिए ।

जवाफमा १ सय ३ रनको चुनौती पछ्याएको कोशीले १७ ओभरमा २ विकेट गुमाई सो विजयी लक्ष्यपार गरेको थियो । कोशीका म्यान अफ द फाइनल वितेश यादवले ४१ रन बनाउँदा रोहन विकले नटआउट ३८ रनको योगदान दिए  । अरनिकोका चन्दन यादव र राहुल नायकले १–१ विकेट लिए । प्रतियोगिताको उत्कृष्ट खेलाडि अरनिकोका अंकति मण्डल घोषित हुँदा उत्कृष्ट बलर अरिनिकाकै अविशेक बराल र उत्कृष्ट ब्याटर कोशीका रोहन विक घोषित भए । पुष २४ गतेदेखि शुरु भएको क्रिकेटमा हिसानमा आबद्ध १३ कलेजको सहभागि रहेको थियो ।

विजेता तथा अन्य खेलाडिलाई हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, हिसान मोरङका अध्यक्ष राजेश कार्की, हिसान मोरङका बरिष्ट उपाध्यक्ष अमित ढकाल र हिसान मोरङकाका सल्लाहाकार ज्ञानबहादुर खडकालगायतले पुरस्कार तथा ट्रफि वितरण गरे ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.