Websoft University

कोरोना महामारीका कारण ३ वर्षदेखि एउटै कक्षामा बालबालिका पढ्न बाध्य


काठमाण्डौ पुस २९ गते । रातो तारा डट कम, कोरोना भाइरसको सङ्क्रमण देखिने वित्तिकै सरकारले इडियान नेपाल आउन रोक्नु पर्ने र नेपाल इडियाका बार्डर बन्द गरेर वा सभा मेलन भिडभाडका कार्यक्रम रोकेर नियान्त्रमा प्रयास गर्नुपर्नेमा त्यसो नगरेर पहिला विद्यालय बन्द गर्ने निर्णय हँुदा, विद्यार्थीहरूको परिक्षा पठनपाठनहरु प्रभावित हँुदै आएका छन् । 

यो पटक पनि गलत तरिकाले बालबालिकाको पढाइलाई ख्यालै नगरी सुरक्षित राख्न भन्दै विद्यालय बन्द गर्ने आवान गरीयो यो गलत हो । अहिले सरकारको टेलिकमले चलाएको इन्टरनेट काम लाग्ने छैन र चल्दै, सबैको पहुँचमा इन्टरनेट पनि छैन ।

कोरोना महामारीका कारण ३ वर्षदेखि एउटै कक्षामा बालबालिका पढ्न बाध्य भइरहेका छन । बालबालिकाले धेरै कुरा हाउभाउबाट पनि सिक्ने भएकाले भौतिक रुपमा विद्यालय बन्द हुँदा सिक्ने र सिकाउने दुवैलाई गारो परिरहेकोछ ।

अहिले देशभर २७ हजार ८ सय १२ सामुदायिक र ६ हजार ७ सय ३२ निजी गरी ३५ हजार ६ सय ७४ विद्यालयछन् । यी विद्यालयमा ८१ लाख बत्तिस हजार ४ सय ३५ बालबालिका अध्ययनरत छन् । ती मध्ये वैकल्पिक शिक्षण सिकाईमा २७ प्रतिशत बालबालिका मात्र अनलाइन कक्षाको पहुँचमा छन् । यस्तै ८० प्रतिशत बालबालिका रेडियो र ५० प्रतिशत बालबालिका टेलिभिजनको माध्यमबाट शिक्षामा जोडिएका शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्याङ्कमा उल्लेख गरेको पाइन्छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.