Websoft University

संखुवासभा--शिक्षकलाई कक्षागत योग समबन्धि तालिम सम्पन्न

 

मोहन कुमार राई ÷ पौष २१ गते । रातो तारा डट कम, संखुवासभा÷स्वास्थ्य जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ चैनपुर नगरपालिका भरीका सबै वडाका विद्यालयका शिक्षकहरुलाई नगर स्तरीय योग सम्बन्धी तालिम संखुवाभाबहुमखी क्याम्पसमा सञ्चालन भएको थियो ।

नगरका हरेक विद्यालयमा कक्षागत योग शिक्षा प्रदान गर्ने उद्देशयका साथ २ दिने योग सम्बन्धी तालिम गत मंगलबार सम्पन्न भएको हो  । मन र शरीरलाई जोड्ने अभ्यास नै योग भएकाले शरीरलाई चलाएमान बनाउदै मनलाई शान्त राख्न योगले मदत गर्ने भएकाले ज्ञानयोग, ध्यान योग,अध्यात्म, शरीर र मनलाई जोडने संयन्त्र योग भएकाले बालबालिका, युवा तथा वृद्धा सबैमा योगले सकारात्मक उर्जा दिनसक्ने वताउनुहुँदै  चैनपुर पतन्जली नगर योग समितका अध्यक्ष एवं तालिम सहजकर्ता नरबहादुर अधिकारीले मानिसको मन शान्त हुनुपर्ने हो तर धेरै चन्चल हुन्छ, नकारात्मक सोच आउने गर्दछ, त्यसैले शरीरलाई चलायमान वनाउन मनलाई सकारात्मक सोचतर्फ उन्मुख गराउन योगले सिकाउने वताउनुभयो । विद्यालयको पाठ्यक्रममा समेत समावेश गरिएकाले शिक्षकहरुलाई योग तालिमको आवश्यकता परेको समेत सहजकर्ता अधिकारीले वताउनुभयो ।

विज्ञानले विकास गर्नुभन्दा अघिदेखि नै विकास हुँदै आएको बैधिक, आयुर्वेदिक लगायतले योगको विकास हुँदै आएकोले स्वास्थ्यको हिसावले ज्यादै उपयोगी भएको कार्यक्रमका प्रमुख अतिथि एवं चैनपुर नगरपालिकका नगरप्रमुख भरतकुमार खत्रीले वताउनुभयो । विद्यालयमा कक्षागत पाठ्यक्रममा समेत योग सम्बन्धी समावेश भएको हुँदा शिक्षकले तालिम लिएर विद्यार्थीहरुलाई योग शिक्षा प्रदान गरी निरोगी बालवालिका उत्पादनमा सहयोग पु¥याने आशाका साथ  यस किसिमको तालिमको आयोजना गरेकोमा आयोजक चैनपुर आयुर्वेद शाखालाई नगर प्रमुख खत्रीले धन्यवाद दिनुभयौ । 

कार्यक्रममा योगका विभिन्न चरणहरु लगायत आयुर्वेद सँग सम्बन्धित उपचार पद्यती, उपयोग, महत्व, लगायत जडीबुटीको प्रयोगका विषयमा समेत तालिममा सहभागी शिक्षकहरुलाई ज्ञान प्रदान गरिएको चैनपुर आर्युवेद शाखाका प्रमुख एवं कविराज निरीक्षक दिनेश प्रसाद रायले जानकारी दिनुभयो ।  े चैनपुर नगरपालिका स्तरीय विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रममा नगरका १९ वटा आधारभूत र माध्यमिक  विद्यालयका शिक्षक प्रतिनिधिले सहभागी भएका थिए । कार्यक्रममा चैनपुर नगर उप प्रमुख मुना श्रेष्ठ, संखुवासभा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख चुडाबहादुर कटुवाल, जनप्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.