Websoft University

प्रदेश १ मा २१ जनामा कोरोना संक्रमण

 

विराटनगर, २१ पुस । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना संक्रमण भएको छ । ३५७ जनाको पीसीआर परीक्षण गर्दा २१ जनामा संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मोरङमा १४, सुनसरीमा ३, झापामा २, उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा १४, सुनसरीको इटहरीमा २, धरानमा १, झापाको दमक र भद्रपुरमा १–१, उदयपुरको त्रियुगा र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो ।


प्रदेश १ मा आज ११ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ५ महिला र ६ पुरुष रहेका   छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या १४४ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 






Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.