Websoft University

दौतरीबलिया बचत तथा ऋण सहकारी संस्थाको दोस्रो बार्षिक साधारणसभा सम्पन्न!


 शिव भट्टराई,मोरङ पुस २१ गते । रातो तारा डट कम,मोरङको सुन्दरहरैंचा  वार्ड नं ४ बलिया स्थित दौतरीबलिया बचत तथा ऋण सहकारी संस्थाको दोस्रो बार्षिक साधारणसभा सम्पन्न भएको छ।बुधबार सुन्दरहरैंचा ४ मा रहेको लक्ष्मीनारायण मन्दिरको सभाहलमा सम्पन्न भएको कार्यक्रमको उद्दघाटन गर्ने क्रममा बोल्दै प्रमुख अतिथि नेफ्स्कूनका पूर्व कोषाध्यक्ष तथा सहकारी विज्ञ केशव प्रसाद पोख्रेलले सहकारी संस्था अगाडि बढाउनको लागि संस्था सदस्यमा आधारित र समुदायमा आधारित हुनु पर्ने ,संस्थाका कर्मचारीहरु बीच एकबद्धता हुनु पर्ने र संस्था प्रविधि युक्त हुनुपर्ने सल्लाह दिँदै संस्थाको प्रगतीको कामना गरेका थिए। कार्यक्रममा अतिथि जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङ्गका सचिव एकराज निरौलाले शुभकामना मन्तव्य राखेका थिए।


त्यसैगरी कार्यक्रमका सभापति साथै संस्थाका अध्यक्ष उमेश वस्तीले संस्थाले जेब्रा क्रस निर्माण गर्ने, स्वास्थ्य शिविर जस्ता विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको र आउँदा दिनमा पनि यस्तो कार्यलाई निरन्तरता दिने बताउँदै संस्थाले हाल सम्म लगभग २००० सेयर सदस्य बनाउन सफल भएको बताएका छन्।त्यस्तै संस्थाको हाल सम्म २१ करोड ऋण लगानी रहेको ३५ लाख नाफा कमाउन सफल भएको उनले बताएका छन्।


उक्त कार्यक्रममा नेफ्स्कून फिल्ड कार्यलय इटहरीका प्रमुख पवन घिमिरे ,सुन्दरहरैंचा नगरपालिका सहकारी शाखा प्रमुख तीर्थराज घिमिरे लगायत अन्य राजनीतिक साथै सामाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो भने सो कार्यक्रम संस्थाका सचिव राम कुमार कालाखेतिले संचालन गरेका थिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.