Websoft University

रामधुनी र इटहरी जोडने हक्राहा खोला पूल उदघाटन


सुनसरी माघ १ गते । सुनसरीको रामधुनी र इटहरी जोडने हक्राहा खोला पूल उदघाटन  गरिएको छ । इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले पूल उदघाटन गर्नुभएको हो ।इटहरी उपमहानगरपालिकाको २० लाख र स्थानीयवासीको लागत सहभागिता गरि २४ लाख ४६ हजारमा पूल निर्माण गरिएको उपभोक्ता समितिका सचिव नविन पौडेललेजानकारी दिनुभयो । पूल उदघाटन कार्यक्रममलाई सम्वोधन गर्दै नगरप्रमुख चौधरीले इटहरीको विकास र सम्वृद्धि आफनो मुख्य सरोकार रहेको वताउनुभयो । उहाँले उपभोक्ता समिति मार्फत कम लागतमै पूल निर्माण सम्पन्न भएकोमा खुशी ब्यक्त गर्नुभयो । उपप्रमुख गौतमले खेती पाती,जंगल घाँसपातका लागि यो पूल निर्माण पछि स्थानीयलाई सहज भएको वताउनुभयो । वडा नम्वर १८ का वडाध्यक्ष राम कुमारचौधरी,१९ का अध्यक्ष श्री नारायण चौधरी,जिविस सुनसरीका पूर्व सदस्य गणेश गुराँगाई उपभोक्ता समितिका अध्यक्ष तुलसी प्रसाद आर्चायले पूल वनेपछि स्थानीयको ठूलो समस्या समाधान भएको वताउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.