Websoft University

फुटबलका आज २ खेल हुने


काठमाण्डौ माघ १ गते । रातो तारा डट कम, सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलका आज २ खेल हुनेछ । आजको यो नवौं चरणको फुटवल खेल दशरथ रङ्गशाला खेल मैदानमा हुनेछ । पहिलो खेलमा फ्रेन्ड्स क्लब र त्रिभुवन आर्मी क्लबबीच हुनेछ । 

फ्रेन्ड्स र आर्मीबीचको खेल दिउँसो १ः०० बजे सुरु हुनेछ । फ्रेन्ड्स क्लब ८ खेलमा ३ अङ्क जोडेर पुछारमा रहेको छ । फ्रेन्ड्स जित्न निकाल्न नसक्ने एक्लो टिम भएको छ । आर्मीले ८ खेलमा १४ अङ्क जोडेको छ । आर्मी चौंथो स्थानमा रहेको छ । आज आर्मी फ्रेन्ड्सलाई हराएर तेस्रो स्थानमा उक्लन चाहन्छ । यस्तै दोस्रो खेलमा थ्री स्टार र सङ्कटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । 

थ्री स्टार र सङ्कटाबीचको खेल दिउँसो ४ः४५ मा सुरु हुनेछ । थ्री स्टार ८ खेलमा १३ अङ्क जोडेर पाँचौं स्थानमा रहेको छ । सङ्कटालाई हराएर थ्री स्टार अङ्क तालिका सुधार्न चाहन्छ । सङ्कटा ८ खेलमा १४ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ । सङ्कटा थ्री स्टारलाई हराएर आफ्नो शीर्ष तीनको स्थानलाई कायम राख्न चाहन्छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.