Websoft University

प्रदेश १ मा ४३ जनामा कोरोना संक्रमण

 

विराटनगर, २४ पुस । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४३ जनामा कोरोना संक्रमण भएको छ । १६८ जनाको पीसीआर परीक्षण गर्दा ३१ र १६० जनाको एन्टिजेन परीक्षण गर्दा १२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २४, सुनसरीमा ५, उदयपुरमा १ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा २०, उर्लाबारीमा २, रंगेली र धनपालथानमा १–१, सुनसरीको धरानमा ५, उदयपुरको त्रियुगामा १ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको हो ।

प्रदेश १ मा आज ७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३ महिला र ४ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या १९२ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.