Websoft University

टिफर र मोटरसाईकल एक आपसमा ठोक्किदा घाइतेको उपचारका क्रममा मृत्यु


श्याम राई÷उदयपुर  गाईघाट, २४ पौष । गाईघाट–कद्माहा सडक खण्डको जलजलेमा शुक्रवार टिफर र मोटरसाईकल एक आपसमा ठोक्किदा भएको दुर्घटनामा गम्भिर घाईते मोटरसाईकल पछाडि सवार एक युवाको उपचारको क्रममा विराटनगरमा आज  मृत्यु भएको छ ।

जलजले बाट गाईघाट आउँदै गरेको स १ ख ७५१ नम्बरको टिफर र गाईघाट देखि जलजले तर्फ जाँदै गरेको प्र २ ०१–००३ प ८४९१ नम्बरको मोटरसाईकल साँझ ५ बजे एक आपसमा ठोक्किदा गम्भिर घाईते भएका मोटरसाईकल पछाडि बसेका त्रियुगा नगरपालीका –५ देउरीका ३१ बर्षिय दिलिप दुलालको उपचारको क्रममा राती ९ बजेमृत्यु भएको प्रहरीलेजनाएको छ । मोटरसाईकल चालक प्रभु नारायण चौधरीको विराटनगरमा उपचार भैरहेको छ ।

टिफरका चालक त्रिनपा –६ लालपत्ताका ३६ बर्षिय मेख बहादुर राउतलाई पक्राउ गरी घट्नाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । शवको पोष्टमार्टम पछि आफन्तलाई बुझाईएको छ ।



                                              


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.