Websoft University

ब्राउन सुगर सहित एक जना पक्राउ


झापा, २०७८ पौष २४ गते । 
झापाको मेचीनगर नगरपालिका ६ मेचि भन्सार कार्यालयको गेट अगाडीबाट लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा पाँचथर फागुनन्द गाउँपालिका ३ गुफाडाँडाका २६ बर्षीय राकेश तामाङ रहेका छन् । आज दिनको पौने ३ बजे जिल्ला प्रहरी कार्यालय झापा, लागूऔषध नियन्त्रण ब्युरो काकडभिट्टा र ईलाका प्रहरी कार्यालय काकँरभिट्टाबाट खटिएको प्रहरी टोलीले उनलाई ब्राउन सुगर ५० ग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका तामाङको ईलाका प्रहरी कार्यालय काकँरभिट्टाबाट थप अनुसन्धान भइरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.