Websoft University

इटहरीको दक्षिणी सिमा क्षेत्रमा पर्ने वडा नम्वर १५ स्थित भोटिया खोला पूल शिलान्यास

 


सुनसरी । रातो तारा डट कम,  इटहरीको दक्षिणी सिमा क्षेत्रमा पर्ने वडा नम्वर १५ स्थित भोटिया खोला पूल शिलान्यास गरिएको छ । इटहरी उपमहानगरपालिका प्रमुख द्धारिकलाल चौधरीले पूल शिलान्यास गर्नुभयो । ४ करोड १६  लाख४१ हजारको लागतमा दुई बर्षमा सो पूल निमार्ण भइसक्ने सम्झौता छ ।

इटहरी र इनरुवा जोडने सो पुल निर्माण पछि स्थानीय अत्यन्तै लाभान्वित हुने उपमहानगरका प्रमुख चौधरीले वताउनुभयो । खेतिपाति गर्न र कृषि उपज वजार पूरयाउनका लागि स्थानीयलाई पूल अतिनै आवश्यक भएकाले उपमहानगरले तीन बर्षको रकम जुटाएर पूल निर्माण थालेको उहाँको भनाई छ । उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अघिकृत सूर्य सुवेदीलेले निर्धारित समयमै गुणस्तरीय काम हुनुपर्नेमा जोड दिनुभयो । वडा नम्वर १५ का कार्यवाहक वडाध्यक्ष सुवोध नारायण चौधरी र वडा सदस्य अशोक चौधरीले स्थानीयको एउटा ठूलो समस्या समाधान हुन लाग्दा स्थानीय अत्यन्तै हर्षित वनेको वताउनुभयो । यो इटहरी उपमहानगरपालिकाको पूल निर्माणको ठूलो योजना हो । साढे चार बर्षको अवधिमा इटहरीमा ठूला दुई सहित साना ठूला गरि १९ वटा पूल निर्माण भएका छन । भोटिया खोला सहित दुई वटा ठूला पूल योजना अहिले संचालित छन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.