Websoft University

उद्योग संगठन मोरङद्धारा मास्क लगाऔं, कोरोना भगाऔं अभियान शुरु


विराटनगर माघ ५ गते । रातो तारा डट कम,विगत केही दिनयता वढदो क्रममा रहेको कोभिड १९ को संक्रमण दरलाई मध्यनजर गरी उद्योग संगठन मोरङले आज देखि विराटनगरमा मास्क लगाऔं, कोरोना भगाऔं अभियान शुरु गरेको छ । 


संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्दै विराटनगरको ट्राफिक चोकबाट प्रारम्भ गरिएको मास्क वितरण अभियान विराटनगरको विभिन्न भिड हुने स्थानहरुमा लाई सात दिनसम्म चलाईने छ । यस अभियान अन्तर्गत मास्क नलगाई हिडनु हुने मानिसहरुलाई निशुल्क मास्क प्रदान गरी मास्क लगाउन अभिप्रेरित गरिएको छ । 

कोभिड १९ को वढदो संक्रमणले आममानिसको जनजिवनलाई प्रभावित पार्नुका साथै अस्पतालहरुमा समेत संक्रमितको संख्या वृद्धि भई विरामीको चाप वढने क्रममा रहेको अवस्थामा संक्रमण फैलिन रोक्ने अचुक विकल्पको रुपमा रहेको मास्कको प्रयोग आममानिसलाई प्रेरित गर्ने संगठनले विश्वास लिएको छ । 





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.