Websoft University

सरकार उदासिन हुदा,उपभोक्ताले बिषादी भएका भारतबाट नेपाल आएका र नेपालमै उत्पादन गरेका फलफुल तरकारी खान बांध्य छन

 


काठमाण्डौ पुस ८ गते । रातो तारा डट कम, केन्द्रीय कृषि प्रयोगशालाले नेपालमा उत्पादन भएका ताजा तरकारी तथा फलफूलमा विषादीको प्रयोग भएको छ या छैन भनेर गरिने परीक्षण नै नहुने गरेको जनाएको छ । नेपालका ७ स्थानबाट विषादी प्रयोगबारे परीक्षण गर्ने व्यवस्था गरिएको भए पनि ३ स्थानका प्रयोगशाला बन्द गरिएका छन् । झापाको विर्तामोड, सर्लाहीको वृहत्त वागबानी केन्द्र, बुटवल, नेपालगञ्ज अत्तरिया, पोखरा र कालीमाटीमा ताजा तरकारी तथा फलफूलमा विषादी प्रयोगको अवस्थाको परिक्षण गर्ने व्यवस्था गरिएको थियो । तर, हाल नेपालगञ्ज, पोखरा र सर्लाहीका प्रयोगशाला सरकारले चासो नदिएर बन्दै गरिएका छन् । प्रयोगशाला सन्चालन भएका ठाउहरुमा राम्रोसँग विषादीको जाँच गर्न आम उपभोक्ताले बिषादी भएका भारतबाट नेपाल आएका र नेपालमै उत्पादन गरेका खानेकुरा तरकारी फलफुल आज दिन सम्म नेपाली जनताले खान बाध्य भएका छन । जनताको स्वास्थ्य प्रति सरकारको ध्यान चै कहिले जाला भनेर आम जनताहरुले सरकारलाई प्रश्न गरिरहेकाछन । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.