Websoft University

त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको भर्ना खुलायो

  


काठमाण्डौ मंसिर २० गते । रातो तारा डट कम, त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको भर्ना खुलाएको सुचना सार्वजानिक गरेको छ । शैक्षिक वर्ष २०७८÷७९ का लागि आजदेखि पुस मसान्तसम्म र दोब्बर दस्ुतरमा माघ ७ गतेसम्म भर्नाका लागि आवेदन फारम दिन सकिने त्रिभुवन विश्वविद्यालयले जनाएको छ । मानविकी तथा सामाजिक शास्त्र सङ्काय, व्यवस्थापन र शिक्षा शास्त्र सङ्कायसहित विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका क्याम्पसहरूमा फागुन १ गतेबाट कक्षा सञ्चालन गर्ने समेत जनाएको छ । २०७९ साल मङ्सिर महिनामा यो समुहको परीक्षा हुनेछ । भर्ना भएका विद्यार्थीहरूको त्रि.वि रजिस्ट्रेसन फारम भरी त्रि.वि परीक्षा नियन्त्रण कार्यालय वल्खुमा २०७९ बैशाख मसान्तसम्म बुझाइसक्नुपर्ने जनाइएको सुचनामा उल्लेख गरेको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.