Websoft University

(क्यान) ले १९ वर्षमुनीको २० पुरुष खेलाडीलाई छनोट गर्यो

काठमाण्डौ मंसिर २० गते । रातो तारा डट कम, नेपाल क्रिकेट संघ (क्यान) ले १९ वर्षमुनीको पुरुष टिमको बन्द प्रशिक्षणका लागि २० खेलाडी छनोट गरेको छ । क्यानले एसीसी १९ वर्ष मुनीको पुरुष एसिया कप क्रिकेट प्रतियोगिताका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो । क्यानले १९ वर्ष मुनीको पुरुष क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाईएको जनाएको छ । नेपाली टिमले बुधबारबाट प्रशिक्षण थाल्ने छन् । एसिया कप युनाईडेट अरब इमिरेट्स (युएई)मा डिसेम्बर २० देखि जनवरी २ तारिखसम्म हुने तालिका रहेको छ । एसिया कपमा नेपालसँगै आयोजक युएई, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान र कुवेतको सहभागिता रहने छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.