Websoft University

काँग्रेसका नेता कार्यकर्ता महाधिवेशन लक्षित भेटघाट व्यस्त

 


काठमाण्डौ मंसिर २२ गते । रातो तारा डट कम,महाधिवेशन आउन तीन दिन मात्रै बाँकी रहदा नेपाली काँग्रेसका नेता कार्यकर्ता महाधिवेशन लक्षित भेटघाट र छलफलमा व्यस्त भएका छन् । 

सभापतिको साझा उम्मेद्वार तय गर्नको लागि काँग्रेसको संस्थापनइतर समूहका नेताहरुकोछलफलचलिरहेकोछ । हिजो पनि छलफल गरेका सस्थापन इतर पक्षका नेताहरुले आज पनि चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा बैठक बसेका थिए ।  

बैठकमा नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, प्रकाशमान सिंह, डा. शेखर कोइराला, बलबहादुर केसी, महेश आचार्य, दीपक गिरी, हृदयराम थानी, डा. मिनेन्द्र रिजाल, चन्द्र भण्डारी, रामकृष्ण यादव लगायत उपस्थित रहेका छन् ।  

संस्थापनइतर बाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री कोइराला, सिंह र नेता डा. शेखर कोइराला सभापतिका आकांक्षी रहेका छन् । आकांक्षी धेरै भएको र नेताहरूबीच मत नमिलेकाले एकै उम्मेद्वार उठाउनुपर्ने बारेमा छलफल गरिरहेको सस्थापन इतर पक्षका नेताहरूले बताएका छन् । यस्तै अन्य पदका आकांक्षी नेताहरुले पनि भेटघाट र छलफललाइ निरन्तरता दिएका छन् ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.