Websoft University

मोटरसाईकल चोरी गर्ने ३ जना पक्राउ


झापा, मंसिर २१ गते । रातो तारा डट कम, झापामा मोटरसाईकल चोरीमा संलग्न रहेका ३ जनालाई प्रहरीद्वारा पक्राउ गरिएको छ । पक्राउ पर्नेमा ईलाम सुर्योदय नगरपालिका १ का २१ बर्षिय आशिष सुब्बा, सुर्योदय ८ का २१ बर्षिय विवेक घिमिरे र झापा बिर्तामोड नगरपालिका ३ बिर्ताबजार का २६ बर्षिय रंजित राजवंशी रहेका छन् । झापा जिल्लामा मोटरसाईकल चोरीको घटना बृद्धि भए पश्चात ईलाका प्रहरी कार्यालय अनारमनि झापाबाट खटिएको प्रहरी टोलीले खोजतलासको क्रममा उनिहरुको साथबाट चोरी भएको मे ६ प २५०५ नम्बरको १५० सिसिको पल्सर मोटरसाईकल र मे ११ प ९७३५ नम्बरको १५० सिसिको ँश् मोटरसाईकल सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुलाई प्रहरीद्वारा थप अनुसन्धान भईरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.