Websoft University

लागुऔषध अफिम सहित २ जना पक्राउ


झापा, मंसिर २१ गते । रातो तारा डट कम,झापा मेचीनगर नगरपालिका ६ स्थित मेचीपुलमा लागुऔषध अफिम सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भारत फ्रोजपुर का २५ बर्षिय केयर सिंह र भारत मौगा का २५ बर्षिय सुखजित सिंह रहेका छन् । हिजो बेलुका ४ बजे भारतबाट नेपाल आउदै गरेको उनिहरुलाई ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा ११ ग्राम अफिम सहित पक्राउ गरिएको हो । पक्राउ परेका उनिहरुको ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।


 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.