Websoft University

बस दुर्घटनामा सह-चालकको मृत्यु २० जना घाईते

 


फायल फोटो--सुनसरी, मंसिर १९ गते । रातो तारा डट कम, कोशी गाँउपालिका ८ भाण्टाबरी स्थितमा बस दुर्घटनामा बसका सह-चालकको मृत्यु भएको छ भने २० जना घाईते भएका छन् । मृत्यु हुनेमा बसका सह-चालक सिरहा धनगढी नगरपलिका ८ का २६ बर्षिय जिवस यादव रहेका छन् । हिजो दिउँसो साढे १ बजे को १ ख ४९८८ नम्बरको बसले ओभरट्याक गर्दा को १ ख ६३७५ नम्बरको ट्रकलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको थियो । दुर्घटनामा घाईते भएका यादवको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा दिउँसो २ बजे मृत्यु भएको हो । बस चालक सिरहा लाहान नगरपालिका ८ का अमित गुप्ता र ट्रक चालकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरी थप अनुसन्धान भईरहेको छ ।

 


 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.