Websoft University

नेपाल दशनामी समाज बिर्तामोडमा पुनः अर्जुन

 

झापा, मंसीर २८ गते  । रातो तारा डट कम,नेपाल दशनामी समाज बिर्तामोड नगर समितिको तेस्रो अधिवेशनले पुनः अध्यक्षमा अर्जुन गिरीलाई चयन गरेको छ । 

मंगलवार वुट्टावारीस्थित दशनामी भवनमा सम्मन्न अधिवेशनले १५ सदस्यीय नयाँ नगर कार्य समिति चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा नारायणप्रसाद गिरी,उपाध्यक्षमा जानुका गिरी, सचिवमा उद्धवव पुरी, सह सचिवमा मिलन गिरी र कोषाधयक्षमा खड्गराज गिरी चयान भएका छन् । 

समितिको सदस्यमा गोविन्द विक्रम गिरी,घनश्यामगिरी, धनवहादुर पुरी, राजन गिरी, रणवहादुर गिरी, खेमराज गिरी, विश्वनाथ गिरी, सम्झना पुरी र पद्मादेवी पुरी(पुनम) रहेका छन् । 

त्यसैगरी अधिवेशनले सल्लाहकारसमिति समेत गठन गरेकोछ । समितिमा गोविन्द बिक्रम गिरी, चन्द्रप्रसाद गिरी, पदमवहादुर पुरी (प्रकाश), वालकृष्ण गिरी, पार्वता गिरी , सन्तोष गिरी, एकराज गिरी, नरनाथ गिरी, उमेश भारती, केदार गिरी र शंकर गिरी रहेका छन् । 

नगरको कोषका लागि नरनाथ गिरी ५० हजार, पदमवहादुर पुरी २६ हजार,  वालकृष्ण गिरी २५ हजार, शंकर गिरी २५ हजार, सन्तोष गिरी २५ हजार, चन्द्रप्रसाद–शारदा गिरी २५ हजार, गोविन्द गिरी ११ हजार एक सय ११ रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् ।

 समितिका अध्यक्ष अर्जुन गिरीको अध्यक्षतामा भएको अधिवेशन नेपाल दशनामी समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष गोविन्द विक्रम गिरीको प्रमुख  आतिथ्यमा भएको थियो । 

अधिवेशनमा दशनामी समाजका प्रदेश १ का अध्यक्ष चन्द्रप्रसाद गिरी, समाजका झापा अध्यक्ष खिलवहादुर गिरी राजु, वरिष्ठ उपाध्यक्ष एल वहादुर गिरी, नेपाल दशनामी समाज भवन निर्माण समितिन संयोजक केदार गिरी, नरनाथ गिरी लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

समाजका नगर उपाध्यक्ष जानुका गिरीले स्वागत गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष नारायण प्रसाद गिरीले अतिथि सत्कार गरेका थिए  भने सञ्चालन उद्धव पुरीले गरेका थिए । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.