Websoft University

डनबस्को र एभरेष्ट स्कुल सेमिफाइनलमा


विराटनगर । रातो तारा डट कम,‘प्रथम जिल्ला स्तरिय अन्तर विद्यालय मिल्स कप नकाउट फुटलब टुर्नामेन्टमा विराटनगरको एभरेष्ट बोर्डिङ स्कूल र डन बस्को स्कूल सेमिफाइनलमा  प्रवेश गरेको छ ।

फार्क क्लब रानी विराटनगर – १५ को आयोजनामा विराटनगर जुट मिलको खेलमैदानमा बिहिवार भएको पहिलो खेलमा सुन्दरहरैचाको पूर्वाञ्चल एकाडेमिलाई २–० गोलले पराजित गरि   डनबस्को स्कुल सेमिफाइनलमा  पुगेको हो ।

जितको लागि डनबस्कोका विराट रेग्मी र उमेश कामतले गोल गरेका थिए । खेलको म्यान अफ द म्याच पूर्वाञ्चालका  गोल किपर आदित्य लिम्बू घोषित भए ।

सोही दिन भएको दोस्रो खेलमा विराटनगरको दिल्ली पब्लिक स्कुललाई १–० गोलको अन्तरले  एभरेष्ट स्कुल समेफाईनलमा पुगेको हो । जितको लागि एभरेष्टका सक्षम श्रेष्ठले गोल गरेको थिए । खेलको म्यान अफ द म्याच एभरेष्टका गोल किपर अशोदिप खड्का घोषित भए ।

शुक्रबारको पहिलो खेल सेमिफाइनल गोदावरी र डनबस्को  हुनेछ । सोहि दिन हुने दोस्रो खेलमा जनक र एभरेष्ट स्कुल बिच हुनेछ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.