Websoft University

सामाजिक विकास मन्त्री यादवद्धारा नैतिक शिक्षामा जोड

 

विराटनगर, २ पुस । रातो तारा डट कम, प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले नैतिक शिक्षा हराउँदै गएको बताउनु भएको छ । उहाँले नैतिक आचरणका संस्कारहरु विद्यार्थीले विर्सदै गएकाले नैतिक शिक्षा आवस्यक रहेकोमा जोड दिनुभएको छ । सामुदायिक विद्यालयहरुहरु नैतिक शिक्षाको शुरुवात गर्ने बेला भएको उहाँको भनाई छ । 

मोरङ सुन्दरहरैचा–१० को सुकुना माविको स्वर्ण महोत्सवका अवसरमा हिजो आयोजित कार्यक्रमलाई संवोधन गर्दै मन्त्री यादवले सो कुरा बताउनु भएको हो । उहाँले आधुनिकीकरणका नाउँमा विद्यार्थीहरुले संस्कार विर्सदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,‘ विकास मात्र हैन, नैतिक शिक्षा पनि आवस्यक छ ।’ सुकुना मावि नमूना विद्यालय भएको भन्दै उहाँले प्रदेश सरकारले आवस्यक सहयोग गर्ने बताउनुभयो । मन्त्री यादवले भन्नुभयो,‘ विगतमा पनि प्रदेश सरकारबाट भएको सहयोग शिक्षा विकासमा लगानी भएको छ, हामी सहयोगलाई निरन्तरता दिन्छौं ।’ 

सुकुना माविले विभिन्न आरोह–अवरोह पार गर्दै ५० औं वर्षमा प्रवेश गरेको भन्दै मन्त्री यादवले विद्यालयको थप सफलताको कामना गर्नुभयो । सामुदायिक विद्यालयहरुमा सुधार आवस्यक रहेको उहाँले बताउनुभयो । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.