Websoft University

राप्रपामा अव महाधिवेशनबाट नया नेत्रित्व आउन जरुरी छ – कार्यकर्ता


काठमाण्डौ मंसिर १६ गते । रातो तारा डट कमा, राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन हिजोबाट काठमाण्डौमा सुरु भएको छ । महाधिवेशनमा सहभागी कार्यकताले पार्टीको एजेण्डा बोक्न सक्ने नेताको खोजि भइरहेको बताएका छन ।  

 भृकुटीमण्डपमा सुरु भएको महाधिवेशनमा  देशभरबाट आफना प्रतिनिधी सहभागी भएका थिए । नेपालमा गणतन्त्र घोषणा भएको दोस्रो पटको २०७४ को चुनाबबाट राप्रपा १ सिटमा खुम्चिएको थियो । 

राप्रपाका प्रभावसाली नेता राजेन्द्र लिङ्देन, धवलशमशेर राणा जस्ता दोस्रो पुस्ताका नेताहरुले पार्टी चलाउनुपर्ने कार्यकर्ताहरुले नै अहिले बताउन थालेकोपाइन्द ।

एकै व्याक्ति पाटीमा हावी भइरहनु भन्दा, नेताहरु पनि पाटीमा फेरीनु जरुरीछ ।  संबैधानिक हिसाबले नै देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा प्रवेश गरिसकेकाले राप्रपाका नेता कार्यकर्ता राजतन्त्र र हिन्दु राज्य स्थापित गराउन चाहन्छन् । 

त्यसैले आम कार्यकर्ता पार्टीको एजेण्डा स्थापित गर्ने खालको नेतृत्व चाहन्छन् । नयाँ व्यक्ति मात्रै नभएर नयाँ सोच, नयाँ जोस् र पार्टीलाइ नयाँ गति दिन सक्ने व्यक्तिको नेतृत्वमा पाटी आउनुपर्ने कार्यकर्ताको भनाई छ  ।

 





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.