Websoft University

बेलायतमा एकैदिनमा ७८ हजारभन्दा धेरैमा कोरोना पुष्टि


काठमाण्डौ पुस १ गते । रातो तारा डट कम, बेलायतमा एकैदिन अहिलेसम्मकै धेरै ७८ हजारभन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको अन्तराष्टिय मिडियाहरु लगाएत बीबीसीले जनाएका छन । 

कोरोना महामारी सुरु भएयता बेलायतमा मंसिर २९ गते एकैदिन अहिलेसम्म कै धेरै ७८ हजार ६ सय १० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो ।  दर सङ्क्रमण अझै बढ्ने भन्दै सचेत रहन त्याहाको सरकारले अपील गरेका बीबीसीले जनाएको छ । 

यसअघि गत वर्षको जनावरी ८ मा बेलायतमा सबैभन्दा धेरै ६८ हजार ५३ जनामा कोरोना पुष्टि भएको थियो । त्यतिबेला बेलायत लकडाउनमा थियो । बेलायतमा अहिलेसम्म १ करोड १० लाख १० हजारभन्दा धेरैमा कोरोना पुष्टि भएको छ । जसमध्ये ९६ लाख १७ हजार सङ्क्रमित निको हुँदा १ लाख ४६ हजारको भने मृत्यु भएको छ । 

त्यहाँ हिजो १ सय ६५ जनाको मृत्यु हुँदा ४३ हजार ३ सय ९५ जना निको भएका छन् । बेलायतमा अझैपनि १२ लाख ४५ हजारभन्दा धेरै सक्रिय सङ्क्रमित रहेकामा ८ सय ९६ जनाको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको वल्डोमिटरले जनाएको छ । 


 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.