Websoft University

उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित


काठमाण्डौ पुस १ गते । रातो तारा डट कम, काँग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित हुनुभएको छ । खड्काले ७ उम्मेदवारमध्ये सबैभन्दा धेरै २ हजार १ सय २१ मत पाउनुभयो । 

गुरुङ १ हजार ९ सय ८ मत पाएर विजयी हुनुभएको छ । विजयकुमार गच्छदारले भने १ हजार ९ सय ६ मत प्राप्त गर्दै दुई मतले पराजय ब्यहोनुर्् भयो । यस्तै अर्का प्रत्यासी चन्द्र भण्डारीले १ हजार ५ सय ८०, सुजाता कोइरालाले ६ सय ४४, महेश आचार्यले ५ सय ८९ र दिव्यश्वरी शाहले १ सय ३२ मत प्राप्त गर्नुभएको छ ।

खड्का निवर्तमान महामन्त्री हुनुहुन्छ भने गुरुङ केन्द्रीय सदस्य हुनुहुन्थ्यो । खड्काले देउवा प्यानलबाट जित्नुभएको हो भने, कोईराला प्यानलका गुरुङ नेविसंघबाट राजनीतिमा उदायका नेता हुनुहुन्छ । गत सोमबार भएको मतदानमा उपसभापति पदका लागि ४ हजार ६ सय ८९ मत खसेको थियो । सभापतिमा शेरबहादुर देउवा निर्वाचित भईसक्नुभएको छ ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.