Websoft University

कर्जा लगानी रोक्न बैकहरुलाई राष्ट्र बैंकले कुनै निर्देशन नदिएको खुलासा,


काठमाण्डौ पुस १ गते । रातो तारा डट कम,सरकारले उद्यमी बन्न चाहनेहरुका लागि विभिन्न १० वटा शीर्षकमा बैंकहरुले ऋण उपलब्ध गराउँदै आएको छ । अहिले बैंकहरुले तरलता अभावको बहाना गर्दै, कर्जा प्रवाह गर्न मानिरहेका छैनन्् ।

पछिल्लो समय बैंकहरुले ऋणको लागि प्रोत्साहन नगर्दा उद्यमी बन्न चाहने युवाहरु मर्कामा परेका छन् । नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक वित्तिय संस्थाले विभिन्न १० वटा शीर्षकमा सहुलियत पूर्ण कर्जा दिँदै आएकोमा अहिले भने रोकिएको भनिए पनि राष्ट्र बैंकले कर्जा लगानी रोक्न कुनै निर्देशन नदिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

राष्ट्र बैंकको तथ्याङ्क अनुसार कोरोना पछि, विभिन्न बैंकले उपलब्ध गराउने कर्जा लिनेको सङ्ख्या बढ्दै गएको छ । तीन वर्ष यता एक लाख ३३ हजार ९ सय ३० जनाले दुई खर्ब ३७ अर्ब ८२ करोड बढि कर्जा व्याक्ति वा समुहले लिइसकेको जनाएको छ ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.