Websoft University

फुटवल खेलमा मनाङ मस्र्याङ्दी क्लब विजयी– जावलाखेल युथ क्लबले जित हातपारेको छ ।

 


काठमाण्डौ पुस ४ गते । रातो तारा डट कम, पोखरा–शहीद स्मारक ए डिभिजन अन्तर्गत भएको फुटवल खेलमा खेलमा मनाङ मस्र्याङ्दी क्लब विजयी भएको छ । आज पोखरामा भएको खेलमा नेपाल पुलिस क्लबललाई ३ – १ ले पराजित गर्दै मनाङ विजयी भएको हो । पोखरामा भएको खेलमा मनाङलाई जिताउन अञ्जन विष्टले दुई र निशान लिम्बुले एक गोल गर्नुभयो । पुलिसका लागि सुमन लामाले सान्त्वना गोल गर्नुभयो । 

यस जितसँगै मनाङले ५ खेलमा १३ अंक जोडेको छ । मनाङले शीर्ष स्थानमा २ अंकको अग्रता समेत बनाएको छ । जितसँगै मनाङले ५ खेलमा १३ अंक जोडेको छ । मनाङले शीर्ष स्थानमा २ अंकको अग्रता समेत बनाएको छ । दोस्रो स्थानको मछिन्द्रको ११ अंक रहेको छ । पुलिसले ५ खेलमा ५ अंक जोडेको छ । पुलिस आठौं स्थानमा रहेको छ । सोहि अन्तरगतको काठमाडौँमा भइरहेको सहिद स्मारक ए डिभिजन लिगमा जावलाखेल युथ क्लबले पहिलो जित निकालेको छ । 

दशरथ रंगशालामा भएको पहिलो खेलमा च्यासल युथ क्लबविरुद्ध १–० गोलले पराजित गर्दै जावलाखेलले पाँचौं  चरणमा पहिलो जित निकाल्न सफल भएको हो । च्यासलको ५ खेलबाट ४ अंक रहेको छ भने पहिलो जित निकालेको जावलाखेलको समेत ४ अंक पुगेको छ । च्यासलसंगै समान ५ खेलमा ४ अंक रहेको जावलाखेल १० औं स्थानमा उक्लिएको छ भने च्यासल ११ औं स्थानमा रहेको छ । 








Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.