Websoft University

ओमिक्रोन भाइरसलाइ हल्का नसोच्न बेलायती अन्वेषकहरूको चेतावनी


काठमाण्डौ पुस ४ गते । रातो तारा डट कम,बेलायती अन्वेषकहरूले कोरोना भाइरसको नयाँ स्रुप ओमिक्रोनलाइ हल्का नसोच्न चेतावनी दिएका छन् । कतिपयले ओमिक्रोन भेरियन्ट कोरोना भाइरसको डेल्टा भेरियन्ट भन्दा कमजोर रहेको टिप्पणी गरिरहेका समयमा बेलायती अन्वेषकहरूले ओमिक्रोन डेल्टा भन्दा कमजोर भन्ने बारेमा यस्तो कुनै प्रमाण फेला नपारेको बताएका छन् । यसले स्वास्थ्य प्रणालीलाइ थप खतरामा पार्ने देखिएको भन्दै उनीहरूले यसबाट जोगिन सम्पूर्ण उपाय लगाउन अनुरोध गरेका छन् । ओमिक्रोनको जोखिम अरू भाइरसको तुलनामा पाँच गूणा सम्म बढि भएकाले यसलाइ सामान्य नसंझिन पनि उनीहरूले अनुरोध गरेका छन् । अन्वेषकहरूले  नोभेम्बर २९ देखि डिसेम्बर ११ को बीचमा बेलायतमा गरिएको पिसिआर परिक्षण र यसबाट उत्पन्न नतिजाहरूको आधारमा अध्ययन गरेको बताएका छन् । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.