Websoft University

सरकारले सर्बदलीय बैठक आह्वान गर्यो–नेपाली जनतालाई एमसीसी चाहिएको छैन, शेरबहादुर देउवा र केपी ओलीलाई मात्र किन एमसीसी किन चाहियो ? यो जनताको प्रश्न हो ?


काठमाण्डौ पुस ४ गते । रातो तारा डट कम, प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय संसदमा जारी अवरोध हटाउन तथा एमसीसीबारे छलफल गर्नका लागि सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । प्रधानमन्त्री देउवाले भोली ४ अपरान्ह ४ बजेका लागि सर्वदलीय बैठक आह्वान गर्नुभएको हो । बैठकमा एमसीसीलाई संसदमा लैजाने विषयमा छलफल हुने छ भने संसदको गतिरोध हटाउने बारेमा पनि छलफल गर्ने बताइएको छ । संघीय संसद्का दुवै सदनमा एमालेले अवरोध गर्दै आएको छ । त्यस्तै, अमेरिकासँग गरिएको एमसीसी सम्झौता लामो समयदेखि संसदमा दर्ता भएर बसेको छ । सम्झौता संसद्बाट पास गर्नका लागि अमेरिकाले दबाब दिँदै आएको छ । तर सत्तारुढ दलहरूबीच नै एकमत नहुँदा एमसीसी सम्झौता अगाडि बढ्न सकेको छैन । सर्वदलीय बैठकमा संसदमा रहेका सबै राजनीतिक दलहरूलाई बोलाइएको छ । हिजो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाइ भेटेर संसदको गतिरोध खुलाउन पहल गर्न तथा एमसीसी बारेमा पनि एक मत बनाउने बारेमा पहल गर्न आग्रह गर्नुभएको थियो । आज प्रधानमन्त्री देउवाले सर्बदलीय बैठक आह्वान गर्नुभएको हो । 


 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.