Websoft University

भारतलाई बिजुली बेचेको भनेर आम जनताले सरकार संग गुनासो सहितको प्रश्न गरिरहेकै छन ।


काठमाण्डौ पुस ४ गते । रातो तारा डट कम, ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले विद्युतको खपत बढाउन सबै क्षेत्रलाई आग्रह गर्नुभएको छ । काठमाडौंको छेत्रपाटी निःशुल्क चिकित्सालयले निर्माण गरेको अक्सिजन प्लान्टको उद्घाटन कार्यक्रमका क्रममा ऊर्जा क्षेत्रमा देखिएको संकट टार्न विद्युत पर्याप्त रहेको उल्लेख गर्दै यसको उपयोग बढाएर राष्ट्रिय अर्थतन्त्रको निर्माणमा योगदान पु¥याउन सबै क्षेत्रलाई आग्रह गर्नु भयो । 


मन्त्री भुसालले विद्युतको खपत बढाएर मुलुकको व्यापार घाटालाई न्यूनिकरण गर्दै लैजान सरकार लागि परेको सकारात्मक कुरा बताउनुभयो । उहाँले सरकारले विद्युतको खपत बढाउन विद्युतको महशुल दर समेत घटाएको बताउनु भयो । विद्युत विक्रीका लागि भारतसँग सम्झौंता गरिसकेको मन्त्री भुसालको भनाई छ । मन्त्रीले भारत संग बिधुत बिक्रीको सम्जौता गरेको प्रति नेपाली जनताले खासै मनपराएका छैनन् । 

अहिले पनि देशमा नेपाली जनतालाई बिधुत पुगेकै छैन । आज पनि कणाली प्रदेश बिजुली बिना अध्यारै छ । देशका धेरै ठाउहरुमा बिजुली छैन र यहा ग्यास आएतमा कमि भएकै छैन किन भारतलाई बिजुली बेचेको भनेर आम जनताले सरकार संग गुनासो सहितको प्रश्न गरिरहेकै छन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.