Websoft University

साना किसान कृषि सहकारी संस्था बेलबारीले सम्पन्न गर्यो १५ औं बार्षिक साधारणसभा


बिराटनगर पुस ३ गते । रातो तारा डट कम,  मोरङको बेलबारी नगरपालिका वडा -१  मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडले १५ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ। बेलबारी नगरपालिका वडा ३ को मोरंग नेत्रहीन संघको भवनमा सम्पन्न भएको उक्त साधारण सभामा संस्थाका अध्यक्ष  राजेन्द्र प्रसाद सापकोटाले बार्षिक प्रतिबेदन प्रस्तुत गरेका हुन्। 

 


२०६४ सालमा स्थापना भएको सहकारी संस्थाले विगत वर्ष देखी नै साना व्यावसायिक कर्जा तथा साना उद्यमीहरुको साना साना बचत संकलन  गरी ऋण प्रवाह गर्दै आफ्ना सेवाहरुलाई विस्तार गर्दै आएको विश्वासिलो सँस्थाको रुपमा स्थापित भएको हो।साना किसान कृषि सहकारीले  गत आ. व. २०७७/७८ मा सेयर सदस्यहरु १०७७  जना पुर्याई  शेयर पुँजी रु १ करोड १८ लाख  ३८  हजार  रुपैया  रहेको छ ।

त्यसैगरी संस्थाको गत निक्षेप ५ करोड ७८  लाख  ८७  हजारमा १८.२ ० प्रतिसतले वृद्धि भएको छ।  ऋण लगानी ११ करोड ७८ लाख ४२ हजार  सहकारीले गत आ.व.२०७७/७८ मा जम्मा कुल आम्दानी २  करोड १२  लाख ८१   हजार ९  सय  ८०   रुपैया आम्दानी गरेका छन् भने कुल खर्चमा १ करोड ७५  लाख ८९  हजार १  सय ५५  रुपैया गरेका छन्। 

 उक्त संस्थाको साधारण सभाका प्रमुख अतिथि जिल्ला कृषि सहकारी संघ  मोरंगका अध्यक्ष रबिन्द्र आचार्यले कार्यक्रम उदघाटन गर्दै राज्यले बास्तबिक किसानले पाउनु पर्ने अनुदान नपाएको र कृषि सहकारी संथाले स्थानीय तहमा योजना लिएर जादाँ सहकारीलाई हेर्ने दृष्टिकोण फरक रहेको आरोप लगाउनु भयो। साना किसानका लागि उधमी कर्जा लगानी र प्रोत्साहन मुखी कार्यक्रम ल्याउन आवश्यक रहेको भन्दै अर्गानिक खेति तर्फ आकर्षित बन्न जोड दिनु भयो। 

त्यसैगरि साना किसान लघुवित बितिय संथा  लिमिटेड इलाका इटहरीका प्रमुख दिपकराज पाण्डेले कोभिडको बेला केहि लगानी असुल हुन  नसकेकोले संस्थाको गतिबिधि बारे सुधार उन्मुख रहेको टिप्पणी गर्नुभयो।   

१५ औं बार्षिक साधारण सभामा २०७६ सालमा इजरायली प्रशिक्षार्थीका रुपमा छनौट भइ कृषि क्षेत्रमा उत्कृष्ट कार्य गरे बापत सेयरधनीका छोरा इशाक पराजुली र विजय राईलाई सम्मान समेत गरेको थियो भने सम्मानित पराजुली र राईले संस्थालाई १ थान कप्यूटर सहयोग गर्नुभयो ।  

संस्थाले सहकारी शिक्षा शिबिर, सदस्य बीच सिपमुलक, ब्यबसायिक तालिम संचालन कार्यक्रमलाई निरन्तरता दिने भएको छ। संस्थाका अध्यक्ष राजेन्द्र प्रसाद सापकोटाले सदस्य र अतिथिहरुको सुझाबलाई शिरोधार्य मान्दै अबको ६ महिनामा संस्था संचालनमा सदस्य किसानहरु समस्या हल गर्ने, ज्ञान, सिप र पूजीको ब्यबस्था मिलाई ब्यबसायिक आत्मनिर्भर बनाउन प्रेरित गर्ने बताउनु भयो।संस्थाले आफ्नो स्थापना कालदेखि आफ्नो सम्बन्ध लाई बिस्तार गर्दै नेपाल कृषि सहकारी केन्द्रिय संघ लिमिटेड, जिल्ला कृषि सहकारी संघ लिमिटेड, जिल्ला सहकारी संघ लिमिटेड साना किसान बैंक लिमिटेड सँग सहकार्य गर्दै अघि बढ्दै आएको छ।उक्त कार्यक्रम संस्थाका सदस्य जे.बि कोइरालाले सञ्चालन गर्नु भएको थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.