Websoft University

सुकुना मा.वि.को स्वर्ण महोत्सव सुरु : मुख्य मन्त्रीले गरे उद्घाटन!


मोरङ । रातो तारा डट कम,१ नम्बर प्रदेशकै उत्कृष्ट सामुदायिक विद्यालयको रुपमा परिचित हुँदै आएको सुन्दरहरैँचा नगरपालिका वडा नं. १० मा रहेको सुकुना माध्यमिक विद्यालयले ५०औँ बसन्त पार गरेको अवसर पारेर विभिन्न कार्यक्रम गरि वार्षिक उत्सव तथा स्वर्ण महोत्सव मनाउन सुरु गरेको छ ।


“प्रविधियुक्त गुणस्तरिय शिक्षा सहितको सुन्दर सुकुना” भन्ने नारा सहित पौष १ गतेदेखि पौष ७ गतेसम्म मनाइने स्वर्ण महोत्सवको प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राइले उद्घाटन गर्नु भएको छ।


विहिबार कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री राइले विद्यालय प्रवेशद्धार, विज्ञान भवन, मितेरी विद्यालय, स्मारक अनावरण उद्घाटन गर्नुभएको थियो ।


आगामी पौष ७ गते सम्म संचालन हुने सप्ताहव्यापी कार्यक्रममा पौष २ गते पूर्व शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन पदाधिकारी, पूर्व विद्यार्थीको भेला अभिनन्दन र अन्तक्रिया, ३ गते नवआगन्तुक विद्यार्थीलायई स्वागत, शैक्षिक पुरस्कार वितरण, ४ गते दातालाई सम्मान, शिक्षकलाई पुरस्कार ल्याप्टप वितरण, अक्षयकोष छात्रवृत्ति वितरण, विशेष शिक्षाका विद्यार्थीलाई ल्याप्टप वितरण, यस्तै पौष ५ र ६ गते स्वास्थ्य शिविर, खेलकुद तथा अतिरिक्त कार्यक्रम हुने छ भने ७ गते समापन तथा पुरस्कार वितरण कार्यक्रम रहेको विद्यालयले जनाएको छ  ।

त्यस्तै सहयोगदाताको कदरस्वरुप रु. १० हजार सम्म सहयोग गर्ने दाताको नाम स्वर्ण महोत्सव स्मारिकामा प्रकाशन गर्ने विद्यालयका प्रधानाध्यपक लक्ष्मीकुमार श्रेष्ठले बताउनुभएको  छ । त्यसैगरी १० हजार एक देखि २५ हजार सहयोग गर्ने दाताको शिलालेखमा नाम लेख्ने, २५ हजार एक देखि १ लाख सम्म सहयोग गर्ने दातालाई छुट्टाछुट्टै शिलालेखमा नाम उल्लख गर्ने र १ लाख एक भन्दा माथि सहयोग गर्ने दाताहरुलाई परिवारको समेत शिलालेखमा नाम उल्लेख गरिने जनाएको छ ।कार्यक्रम सफल बनाउन २ हजार ५ सय १ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.