Websoft University

आज फुटबल प्रतियोगिताका दुइ खेल हुने


काठमाण्डौ पुस २ गते । रातो तारा डट कम, सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा आजदेखि पाँचौं चरणका खेलहरु हुने भएका छन । पाँचौं चरणमा आज दुई खेल हुनेछन् । पहिलो खेलमा सातदोबाटो युथ क्लब र त्रिभुवन आर्मी क्लबबीच दिउँसो १ बजे प्रतिस्पर्धा हुनेछ । ४ खेलमा ७ अङ्क जोडेको सातदोबाटो लिगको पाँचौं स्थानमा छ । आर्मी भने ४ खेलमा ८ अङ्कसहित तेस्रो स्थानमा छ । यस्तै संकटा क्लब र मछिन्द्र क्लबबीच अपरान्ह पौने ५ बजे दोस्रो खेलमा हुनेछ । ४ खेलमा ८ अङ्क जोडेको सङ्कटा चौंथो स्थानमा छ भने १० अङ्क जोडेको मछिन्द्र शीर्ष स्थानमा छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.