Websoft University

आज मनोनयन दर्ता हुने छ भने नेपाली काँग्रेसको सभापतिको साझा उम्मेदवार बनाउन देउवा पक्ष र पौडेल पक्ष संग छलफल हुदै,


काठमाण्डौ मंसिर २५ गते । रातो तारा डट कम, हिजो उद्घाटन भएको नेपाली काँग्रेसको १४औं महाधिवेशनमा आज मनोनयन दर्ता गर्ने कार्यसूची रहेको छ र सभापतिको साझा उम्मेदवार बनाउन देउवा पक्षले पौडेलपक्ष संग छलफल गरिरहेको पनि जानकारी गराएको छ  । 

पार्टीले सार्वजनिक गरेको महाधिवेशन कार्यसूचीअनुसार आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गरिनेछ । उम्मेदवारी मनोनयन दर्ता उपर दावी विरोध र जाँचबुझका लागि आजै साँझ ५ देखि ७ बजेसम्मको समय तोकिएको छ । 

बेलुका ७ देखि ९ बजेसम्ममा दावी विरोध उपर निर्णय सार्वजनिक गरिनेछ । त्यसपछि राति १२ बजेसम्म उम्मेदवारहरुको पहिलो नामावली प्रकाशन गर्ने कार्यसूची रहेको छ । मनोनयनपत्र फिर्ता लिन चाहनेले भोलि बिहान ११ः०० बजेसम्म फिर्ता गरेपछि दिउँसो १२ः१५ बजे अन्तिम नामावली प्रकाशन गरिने जानकारी दिइएको छ । 

सोमबार बिहान ८ बजेबाट नयाँ कार्यसमिति चयनका लागि मतदान हुनेछ । काँग्रेसले यसपटकको महाधिवेशनबाट नेतृत्वमात्रै चयन गर्नेछ । नीति अधिवेशन भने छुट्टै गर्ने जानकारी दिएको छ । महाधिवेशनमा चार हजार ७ सय ४३ प्रतिनिधि सहभागी छन् ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.