Websoft University

आज एनआरटी र हिमालयन र मछिन्द्र क्लबबीच फुटवलमा भिडन्त हुने

 


काठमाण्डौ मंसिर २५ गते । रातो तारा डट कम, सहिद स्मारक लिग ए, डिभिजन लिग फुटबलमा आज एनआरटी र हिमालयन र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पहिलो खेलमा सातदोबाटो युथ क्लब र न्युरोड टिम एनआरटी खेल्ने भएका छन । फुटवल खेल आज दिउँसो १ बजे सुरु टाइसिटमा उल्लेख गरीएको छ । सातदोबाटो ३ खेलमा ७ अङ्क जोडेर तेस्रो स्थान ओगटेको छ । २ अङ्क जोडेको एनआरटी तालिकाको ११ औं स्थानमा छ । यस्तै दोस्रो खेलमा दिउँसो पौने ५ बजे हिमालयन शेर्पा क्लब र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ भने हिमालयन ३ खेलमा २ अंक जोडेर १० औं स्थानमा पुगेको छ । ३ खेलमा अपराजित रहँदै ७ अंक जोडेको मछिन्द्र चौंथो स्थानमा रहेको छ ।  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.