Websoft University

बस र भेन ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु


झापा, २०७८ मंसिर २५ गते । झापाको बाह्रदशी गाउँपालिका ३ त्रिबेणी चौकमा उत्तरबाट दक्षिण तर्फ आउदै गरेको प्र. १-०१-००१-ख ३५२४ नम्बरको बस र बिपरित दिशाबाट जादै गरेको मे १ च २२२६ नम्बरको भेन एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा भेन चालकको मृत्यु भएको छ भने भेनमा सवार ५ जना घाइते भएका छन् । आज बिहान ७ बजे भएको सो दुर्घटनाबाट घाईते भएका भेन चालक बाह्रदशी गाउँपालिका  १ भागडुब्बाका ३४ वर्षिय प्रमोद चन्द्र उप्रेतिको  B&C अस्पताल बिर्तामोडमा उपचारको क्रममा बिहान साँढे ८ बजे मृत्यु भएको हो । दुर्घटनाबाट घाईते हुनेहरुमा बाह्रदशी गाउँपालिका  १ का ५५ बर्षीया किमारी निरौला,  ५५ बर्षिया गिता घिमिरे, २१ बर्षीया रन्जिता निरौला, १७ बर्षीया दुर्गा घिमिरे र  १२ बर्षिय बिशाल पौडेल रहेका छन् । घाईतेहरुको B&C अस्पताल बिर्तामोड मा उपचार भइरहेको छ । बस र बस चालक बाह्रदर्शी गाउँपालिका ६ का ३४ बर्षिय हर्क बहादुर बिक नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.