Websoft University

ट्रयाक्टरमा ठक्कर खाई मोटरसाइकल चालकको मृत्यु

मोरङ, २०७८ मंसिर २५ गते ।मोरङको बेलबारी नगरपालिका ८ स्कुल राईरझार स्थितमा ट्रयाक्टर मोटरसाइकल ठोकिएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका २९ बर्षिय डम्बर थापा रहेका छन् । हिजो बेलुका ७ बजे साईडमा रोकी राखेको प्र १-०२-००३ त ०३८० नम्बरको ट्रयाक्टरमा को ५ प ५९५९ नम्बरको मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा घाईते भएका मोटरसाइकल चालक थापाको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा राती ८ बजे मृत्यु भएको हो । मोटरसाइकल पछाडी सवार सोही स्थानका २६ वर्षिय राजन पराजुली समेत घाईते भई सोही अस्पतालमा उपचार भइरहेको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.