Websoft University

सुन्दरहरैंचाको बुधबारेमा एग्रिकल्चर मार्केट निर्माणका लागि नगर प्रमुख ढकालबाट १४ करोडको सम्झौता!


मोरङ । रातो तारा डट कम,सुन्दरहरैंचाको बुधबारेमा एग्रिकल्चर मार्केट निर्माणका लागि नगर प्रमुख ढकालबाट १४ करोड भन्दा माथिको सम्झौता! शहरी पूर्वाधार विकास कार्यक्रम (UIDP) अन्तर्गत मोरंग सुन्दरहरैचा नगरपालिकामा मुटुमा रहेको बुधबारे कृषि बजार आयोजना निर्माणका लागि १४ करोड ४१ लाख ५० हजार रकम बराबरको सम्झौता भएको छ।


सुन्दरहरैचा नगरपालिकाको बृहतचोक वडा नंं ९ स्थित बुधबारे हाटबजारलाई व्यवस्थित गर्न र कृषि बजारको रुपमा विकास र विस्तार गराउने उद्देश्यका साथ “बुधबारे कृषि बजारको पूर्वाधार निर्माण तथा बिकासका लागि सोमबार सुन्दरहरैचा नगरपालिका र नगर विकास कोष बीच सम्झौता सम्पन्न भएको छ ।


नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटा र सुन्दरहरैचा नगरपालिकाका नगर प्रमुख शिव प्रसाद ढकालले सम्झौतामा हस्ताक्षर गरिएको छ । यस बुधबारे कृषि बजारलाई एग्रिकल्चर मार्केट बनाउनका लागि थप २० प्रतिशत रकम नगरपालिकाबाटबेहोरिने नगर प्रमुख शिव प्रसाद ढकाले जनकारी दिनुभयो । सुन्दरहरैचा नगरपालिकाको करिब १० रोपनी क्षेत्रफलमा निर्माण हुन लागियो आयोजना नगरपालिकाको महत्वपूर्ण कृषि पूर्वाधार आयोजनाको रुपमा समेत रहेको नगर प्रमुख ढकालले बताउनु भयो ।

उक्त सम्झौता कार्यक्रममा नगरपालिकाका नगर प्रमुख ढकाले यस आयोजनालाई नगरपालिकाको नमूना कृषि पूर्वाधार आयोजनाको रुपमा स्थापित गर्ने प्रतिवद्धता व्यक्त गर्दै आयोजना गुणस्तरीयरुपमा सयममा सम्पन्न गर्ने तर्फ नगरपालिकाको ध्यान केन्द्रित हुने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा कोषका कार्यकारी निर्देशक श्री कृष्ण प्रसाद सापकोटाज्यूले नगरपालिकामा निर्माण हुने यस आयोजनाले हालको अव्यवस्थित कृषि बजार व्यवस्थित हुने र यस आयोजनाले स्थानीय आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो । कार्यकारी निर्देशकज्यूले नगर विकास कोषको शहरी पूर्वाधारमा लगानीलाई विविधिकरण गर्ने योजना अनुसार सुन्दरहरैचा नगरपालिकामा कृषि पूर्वाधारको आयोजनामा कोषले लगानी बढाउन पाएकोमा खुशी व्यक्त गर्नु भयो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.