Websoft University

चर्चा बटुल्दै झापाली अनुजा


झापा । रातो तारा डट कम, गीत–संगीत र कलाकारिताका क्षेत्रका लागि झापा आफैंमा उर्वर भूमि हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएका धेरै श्रष्टा र सर्जक झापाले जन्माएको छ । यही भूमिमा जन्मिएका धेरै जनाले झापाको शिर उच्च राखेका छन् । नेपालको राष्ट्रिय राजनीतिमा होस् या संगीत र कलाकारिता क्षेत्रमा नै किन नहोस् झापालीले छुट्टै पहिचान बनाएका छन् । कलाकारिता क्षेत्रमा झापाका सीताराम कट्टेल (धुर्मुस) हुन् या गायन क्षेत्रका प्रमोद खरेल, प्रविशा अधिकारी नै किन नहुन् सबै नेपालीको जिब्रोमा सँधै झुण्डिरहने नाम हुन् । त्यसो त झापाले अन्य थुप्रै सांगीतिक क्षेत्रमा पनि चम्किला तारा समेत जन्माएको छ । 

भनिन्छ– ‘हर कोहीसँग छुट्टै कला हुन्छ, त्यसको पहिचान गर्न र त्यसमा लगाब हुन आवश्यक छ ।’ पछिल्लो समय स्थानीय तथा राष्ट्रियस्तरमा आयोजना गरिने विभिन्न ‘रियालिटी शो’ का कारण मानिसमा भएका अन्तरनिहीत प्रतिभा पहिचान गर्न सहज भएको छ । अझ बालबालिकाहरुका लागि मात्रै आयोजना गरिने ‘रियालिटी शो’ ले प्रतिभा पहिचानमा थप मद्दत पुगेको छ । त्यसको ज्वलन्त उदाहरण हुन्– नेपालकै ठूलो भनिएको अन्तर्राष्ट्रियस्तरको चर्चित रियालिटी गायन शो सारेगमप लिटिल च्याम्प्स नेपाल र ‘द भोइस किड्स नेपाल’ । यस्ता कार्यक्रमले नेपाली संगीत क्षेत्रमा नयाँ तरंग ल्याएको छ । यसले १६ बर्ष मुनिका बालबालिकाको गायन प्रतिभालाई प्रष्फुटन गर्ने मौका प्रदान गर्नुका साथै नेपाली गीत–संगीतको क्षेत्रमा नयाँ नयाँ कलाकार उत्पादनमा सघाउ पु¥याइरहेको छ ।

 ‘द भोइस किड्स नेपाल’ को भोटिङ राउण्डमा झापाकी अनुजा कडरिया प्रवेश गरेसँगै अहिले सबैको ध्यान खिचेको छ । सुरिलो स्वरकी धनी झापा बिर्तामोड– १ निवासी कडरियाले दश हजार आठ सय प्रतियोगीलाई पछि पार्दै भोटिङ राउण्डमा प्रवेश गरेसँगै उनको चर्चा एकाएक चुलिएको हो । द भ्वाइस किड्स नेपालको ब्याटल राउण्डबाट लाइभ राउण्डका लागि छानिएकी १९औं प्रतियोगी हुन्– अनुजा । उनले कोच प्रविशाको टिमबाट व्याटलमा प्रतिष्पर्धा गरेकी थिइन् । उनले सारा महर्जन र अमिता थापालाई पछि पारेकी थिइन् । ‘कहिले काहिँ मलाई पनि हेरिदेऊ फर्केर, सँधैभरि मदेखि नजाउन तर्केर’ बोलको गीत गाएकी थिइन् । कुन्ती मोक्तानको आवाजमा सजिएको यो गीत जो कहिले सहजै गाउन नसक्ने संगीत क्षेत्रका अगुवाले बताउँदै आएका छन् । यो गीत गाएर चार जना निर्णयकलाई आफूतिर आकर्षित गरेकै कारण उनको चर्चा झापामा मात्रै चलेको छैन देशभर नै चुलिएको छ । नौ वर्षे कलिलो उमेरमा कुन्ती मोक्तानको यस्तो कठिन गीतलाई दुरुस्तै गाएकै कारण गायन क्षेत्रमा अनुजाले धमाका मच्चाएको एकथरीको विश्लेषण छ । 

नौं बर्षमै धमाका मच्चाउने को हुन् अनुजा ?

 आमा मञ्जु कडरियाको प्रेरणाबाट संगीत क्षेत्रमा हामफालेकी अनुजाको स्थायी घर झापाको बिर्तामोड हो । सरगम संगीतालयमा संगीत सिकिरहेकी उनी कुमार र मञ्जु कडरियाकी कान्छी छोरी हुन् । तीन वर्षको उमेरदेखि नै गायन क्षेत्रमा रुची राख्दै स्टेज पर्फमेन्स् दिन शुरु गरेकी अनुजा बिर्तामोडस्थित निदि माविमा कक्षा ४मा अध्ययरत् छिन् । 

झापा प्याब्सनले आयोजना गरेको जिल्लास्तरीय प्रतियोगितामा गायन क्षेत्रमा प्रथम स्थान हासिल गर्दै चर्चा बटुलेकी अनुजाले ‘द भ्वाइस किड्स नेपाल’मा सहभागी हुँदै दमदार प्रस्तुति दिएकै कारण धमाका मच्चाएकी हुन् । भजन गाउन समेत रुचाउने अनुजा नृत्य र आर्टमा समेत अब्बल छिन् । अध्ययनमा समेत सँधै प्रथम स्थान हासिल गर्दै गायन क्षेत्रलाई अघि बढाएकी अनुजा झापामा हुने विभिन्न सांगीतिक र साहित्यिक कार्यक्रममा यो उमेरमै प्रमुख अतिथि बन्दै अरुलाई समेत हौसला र प्रेरणाकी पात्र बन्ने गरेकी छिन् ।

 स्वर सम्राट नारायण गोपाल, तारादेवी, फत्तेमान, कुन्ती मोक्तान, जस्ता गायकले गाएका गीत गाउन रुचाउने अनुजा हिमालय टेलिभिजनबाट प्रत्येक शुक्रवार र शनिवार प्रशारित ‘द भ्वाइस किड्स नेपाल’मा आफ्नो प्रस्तुतिकै कारण चर्चाको शिखरमा छिन् ।

 साहित्य चौतारी झापाद्वारा समेत सम्मानित उनी झापाका विभिन्न धार्मिक तथा सामाजिक संघ–संस्थाबाट सम्मानित तथा अभिनन्दित भएकी छिन् । खेलकुद प्रति पनि उत्तिकै रुची राख्ने उनी खेल क्षेत्रमा समेत अब्बल छिन् ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.