Websoft University

बसको ठक्करबाट १ जनाको मृत्यु १ घाईते


झापा, पौष ८ गते । रातो तारा डट कम,झापाको कमल गाउँपालिका ५ स्थित पुर्व पश्चिम राजमार्गमा बस र मोटरसाईकल आपसमा ठक्कर लागि दुर्घटना हुँदा मोटरसाईकल चालकको मृत्यु भएको र पछाडि सवार घाईते भएका छन । मृत्यु हुनेमा सुनसरीको बराहक्षेत्र नगरपालिका १० का २२ बर्षिय अभिषेक यादव रहेका छन ।

हिजो बेलुकी पौने पाँच बजे पुर्वतर्फ जाँदै गरेको को।१ क नम्वरको बसले बिपरित दिशाबाट आउदै गरको प्र।१-०२-०४८ प ३०८९ नम्वरको मोटरसाईकललाई ठक्कर दिएको थियो ।  ठक्कर लागि घाईते भएका यादव र सोही स्थानका २५ बर्षिय राम कुमार खड्काको लाइफ लाइन अस्पताल दमकमा उपचार भईरहेकोमा यादवको उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने बस र चालक झापा दमक नगरपालिका-२ का सोम बहादुर गुरुङलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिई अनुसन्धन भईरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.