Websoft University

‘ओमिक्रोन’ पुष्टि भएका देशबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक लाग्यो


काठमाण्डौ मंसिर १७ गते । रातो तारा डट कम, सरकारले कोरोना भाइरसको नयाँ स्वरुप ‘ओमिक्रोन’ पुष्टि भएका देशबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाएको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाबे, नामिबिया, लेसोथो, इस्वाटिनी, मोजाम्बिक, मलावी र हकङकबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । ती देशलाई ट्रान्जिट बनाएर आउने यात्रु र तीन हप्ताभित्र ती देशको भ्रमण गरेका यात्रुलाई पनि आज राति १२ बजेदेखि नेपाल प्रवेशमा रोक लगाउने निर्णय भएको छ । अफ्रिकामा भेटिएको कोरोनाको नयाँ स्वरुप ‘ओमिक्रोन’ विश्वका विभिन्न देशमा फैलिदै गएकाले सरकारले यात्रा प्रतिबन्धको निर्णय गरेको हो । नेपाल भारत सीमा खुल्ला भएकाले भारतमा यो ओमिक्रोन रोग देखा परिसकेकाले नेपाललाई खतरा भएकाले तुरुन्तै सरकारले तराइका बोर्डरहरुमा सील गरेर निगारानी बढाउनु पर्ने आम नेपाली जनताको सरकारलाई सुजाव रहेको छ । नेपाल प्रवेशमा रोक


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.