Websoft University

आज बालाचतुर्दशी शतबीज छर्ने दिन


काठमाण्डौ मंसिर १७ गते । रातो तारा डट कम, आज बालाचतुर्दशी पर्व मनाइँदैछ । मार्गशीर्षकृष्ण चतुर्दशीका दिन बिहान शतबीज छरी बालाचतुर्दशी पर्व मनाइन्छ ।

यसका लागि हिजो बेलुकी अर्थात त्रयोदशीदेखि नै दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी रातभर जाग्राम बस्ने चलन रहेको धर्मशास्त्रविद् डाक्टर रामचन्द्र गौतमले बताउनुभयो । रातभर जाग्राम बसेका भक्तजनले आज बिहान पितृको सद्गतिको कामना गर्दै शतबीज छर्नेगर्छन् । 

यस अवसरमा काठमाडौंको पशुपतिनाथ मन्दिरलगायत देशभरका शिव मन्दिरमा भक्तजनको भीड लागेको छ । पशुपतिमै जाग्राम बस्न धेरै मानिस आएकाले पशुपति क्षेत्र विकास कोषले पाललगायत व्यवस्था गरेको जनाएको छ । 

आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ । 

बालाचतुर्दशीको पूर्वसन्ध्या मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति भक्तजनले पशुपतिनाथको मन्दिरवरपर बसी दिवङ्गत आत्माका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताउँछन् ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.