Websoft University

अन्तर विद्यालय स्तरीय फुटबल सनरे र मोर्डन एरा स्कूल क्वाटरफाइनलमा


 विराटनगर मंसिर २६ गते । रातो तारा डट कम, ‘प्रथम जिल्ला स्तरिय अन्तर विद्यालय मिल्स कप नकाउट फूटलब टुर्नामेन्टमा मोरङको रंगेलीस्थित सनरे बोर्डिङ स्कूल र विराटनगरको मोर्डन एरा स्कूल क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

फार्क क्लब रानी विराटनगर – १५ को आयोजनामा विराटनगर जुट मिलको खेलमैदानमा आइतबार भएको पहिलो खेलमा सनरेले विराटनगरको बिकेभिएम स्कूललाई ५–० गोलले पराजित गरि सनरे क्वाटरफाइनलमा पुगेको हो ।

जितको लागि सनरेका आशाराम खवास र बिवेक बस्नेतले २÷२ गोल गरेका थिए भने अमन खवासले एक गोल गरेका थिए । खेलको म्यान अफ द म्याच सनरेका दुई गोल गर्ने बिवेक बस्नेत घोषित भए ।

सोही दिन भएको दोस्रो खेलमा विराटनगरको मोर्डन ऐरा स्कूलले अपर्ण स्कूललाई २–० गोलले हराउँदै मोर्डन ऐरा क्वाटरफाइनलमा प्रवेश गरेको छ । जितको लागि मोर्डन ऐराका आयुष थापाले दुई गोल एक्लै गरेका थिए । दुई गोल गर्ने मोर्डन ऐराका आयुष खेलको म्यान अफ द म्याच घोषित भए ।

सोमबारको पहिलो खेल विराटनगरको सिद्धार्थ र सुन्दरहरैचा नगरपालिकाको पूर्वाञ्चल एकेडेमी बिच हुनेछ । सोही दिन हुने दोस्रो खेल विराटनगरको सगरमाथा र डिपिएस स्कूल बिच हुनेछ ।

पुस ४ गतेसम्म हुने प्रतियोगितामा मोरङका १६ वटा टिमको सहभागि छ । प्रतियोगितामा विराटनगरको गोदावारी, एजेलिया, मोर्डन ऐरा, अर्पण, सिद्धार्थ, डनबक्सको, बिकेभिएम, सगरमाथा, डिपीएस, गौतमबुद्ध, एभरेष्टको सहभागि छ । यस्तै रंगेलीबाट सनरे, सुन्दरहरैचाबाट पूर्वाञ्चल एकाडेमी, बुढीगंगाबाट जेभियर र यूनिक स्कूल, ग्रामथान गाउँपालिकाबाट जनक मेमोरियल स्कूलसमेत गरि यो प्रतियोगितामा जम्मा १६ टिमको सहभागि रहेको छ । प्रतियोगिताको बिजेताले आकर्षक ट्रफि, मेडल र प्रमाणपत्रहरू प्राप्त गर्नेछन् । प्रतियोगिताको सह–आयोजकहरूमा रानी युवा क्लब, साइनो स्पोर्टिङ क्लब र मिल्स भेट्रान क्बल रहेको छ भने सहकार्य प्याब्सन विराटनगर रहनेछ  । यस प्रतियोगिताको संरक्षक मिल्स गोल्ड कप फुटबल ट्रस्ट रहेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.